बिहीबार , साउन २१ गते २०८३

बझाङमा सुरु भयो मतदान

बझाङमा सुरु भयो मतदान

अखबार दैनिक
शनिबार, वैशाख १५ २०८१
  • बझाङमा सुरु भयो मतदान

    १५ वैशाख, काठमाडौं । उपनिर्वाचन अन्तर्गत बझाङ-१(१) मा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ ।

    बिहान ७ बजेदेखि नै सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।  त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।

    आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

    १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार