बिहीबार , साउन २१ गते २०८३

‘बुहारी’ सिरियल अब हिमालय टिभीमा प्रसारण हुने

‘बुहारी’ सिरियल अब हिमालय टिभीमा प्रसारण हुने

अखबार दैनिक
सोमबार, वैशाख १७ २०८१
  • ‘बुहारी’ सिरियल अब हिमालय टिभीमा प्रसारण हुने

    काठमाडौं । पछिल्लो समय रुचाइएको सिरियल ‘बुहारी’ हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । साथै, यो श्रृंखलाको डिजिटल स्ट्रिमिङ ओएसआरको युट्युव च्यानलमा हुनेछ ।

    सोमबार आयोजित पत्रकार सम्मेलनमा सिरियलका निर्माताले ओएसआर डिजिटलसँग सम्झौता गरे । सोही कार्यक्रममा हिमालय टिभी र ओएसआर डिजिटलसँग अलग सम्झौता पनि भयो ।

    हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेल, ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवाल र सिरियलका निर्माता तथा निर्देशक रामचन्द्र बोहराले ती सम्झौताहरुमा हस्ताक्षर गरे ।

    सम्झौताअनुसार यो सिरियल शुक्रबार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ भने सोही समयमा ओएसआरको युट्युव च्यानलमा स्ट्रिमिङ हुनेछ । सिरियलका निर्मातासँग २ वर्षको लागि सम्झौता भएको हो ।

    निर्माता तथा निर्देशक बोहराले सिरियलको १७३ सम्मको एपिसोड ‘बुहारी अफिसियल’ युट्युव च्यानलमा रिलिज गर्दै आएका थिए । १७४ औं भागदेखि टिभी र ओएसआरमा आउनेछ ।

    ‘अहिलेको समयमा दर्शकको रोजाईमा परेका कन्टेन्टलाई देखाउने हाम्रो प्रयासको रुपमा यसलाई लिएका छौं’ हिमालय टिभीका प्रबन्ध निर्देशक कँडेलले भने, ‘अहिलेको समयमा चलेको सिरियललाई टिभीमा देखाउन पाउनु पनि खुशिको कुरा हो ।’

    ओएसआरका प्रमुख अग्रवालले पनि स्तरीय कन्टेन्टमा लगानी गर्ने आफ्नो कम्पनीको प्राथमिकता रहेको बताए । अहिले ओएसआरमा जुठे, बुहारी, सीता सिरियल स्ट्रिम भैरहेका छन् । चाँडै प्रज्ञा जोशीको नयाँ सिरियल ‘सिन्दूर’ पनि ल्याउने तयारी छ ।

    ‘बुहारी’ सिरियलको कुरा गर्दा यो श्रृंखलालाई पछिल्लो समय युट्युवमा रुचाइएको छ । बुहारीको रुपमा महिलाले गर्ने संघर्ष र संवेदनाको कथावस्तु यसमा छ । रामचन्द्र बोहरा, अनिता बैजु, लक्ष्मी गिरी, देशभक्त खनाल, विजय देउजा, लक्ष्मणविक्रम बस्नेत, विद्या कार्की, महेश जंग थापा लगायतको अभिनय छ । पत्रकार सम्मेलनमा सिरियलको कास्ट एण्ड क्रूको उपस्थिती थियो । बुहारीको रोलमा बैजुको शीर्ष अभिनय छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार