बिहीबार , साउन २१ गते २०८३

विराज भट्टको ‘१२ गाउँ’बाट डेब्यु गर्दै सनिशा

विराज भट्टको ‘१२ गाउँ’बाट डेब्यु गर्दै सनिशा

अखबार दैनिक
मंगलबार, वैशाख १८ २०८१
  • विराज भट्टको ‘१२ गाउँ’बाट डेब्यु गर्दै सनिशा

    काठमाडौं । मोडल सनिशा भट्टराई फिल्म ‘१२ गाउँ’ मार्फत् रजतपटमा देखिने भएकी छिन् । छोटो समयमै म्युजिक भिडियोहरुबाट आफ्नो अभिनयले सबैको मन जित्न सफल भएकी सनिशाले अब अभिनेता विराज भट्टको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘१२ गाउँ’बाट डेव्यु गर्ने भएकी हुन् । फिल्मको निर्देशक र निर्मातासमेत विराज स्वयं हुन् । विराजको ब्यानरमा बन्ने र निर्देशन रहने यो दोस्रो फिल्म हो । यस अघि उननले ‘साङ्लो’ निर्माण तथा निर्देशन गरेका थिए ।

    सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गराएको निर्देशक तथा निर्माता भट्टले सोमबार फेसबुक पोस्टमार्फत् जानकारी गराएका हुन् । सनिशासँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो फिल्म १२ गाउँ मार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्रा सुरुवात गर्दै ।’

    म्यूजिक भिडियोमा अभिनेता पल शाहसँग सनिशाको जोडी बढी रुचाइएको छ । त्यस यता उनले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्‍यो’, ‘साइँली’, ‘लुम्बिनी कर्णाली’ जस्ता दुई दर्जन बढी गीतमा काम गरिसकेकी छन् ।

    यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२) न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने उनका छोरा समीर पनि मुख्य भूमिकामा तय भैसकेका छन् । भिलेनको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ ।

    फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ । ‘१२ गाउँ’लाई बिग एक्सन फिल्मका रुपमा पस्कने विराजको परिकल्पना छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार