आइतबार, भदौ १४ गते २०८३

अन्जु श्रेष्ठको 'खोला जस्तो जिन्दगी' नयाँ गीत सार्वजनिक(भिडिओ)

अन्जु श्रेष्ठको 'खोला जस्तो जिन्दगी' नयाँ गीत सार्वजनिक(भिडिओ)

अखबार दैनिक
शुक्रबार, वैशाख २१ २०८१
  • अन्जु श्रेष्ठको 'खोला जस्तो जिन्दगी' नयाँ गीत सार्वजनिक(भिडिओ)

    गायिका अन्जु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । गायिका अन्जुको युट्युब च्यानलमार्फत 'खोला जस्तो जिन्दगी' बोलको गीत सार्वजनिक गरिएको हो। 

    शिव पलासको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ। आफ्नो बुबाको सम्झनामा गायिका अन्जुले गीत निकालेकी हुन्।  गायिका बनेको हेर्ने सपना बोकेका बाबुको सपना पुरा नहुँदै निधन भएपछि उनको अधुरो सपना पुरा गर्न अन्जु गायनमा सक्रिय रहेकी छन्। भिडिओमा उनले आफ्ना बाबुको अधुरो सपना पुरा गरेकी छन्।

    राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडिओमा अन्जुसँगै जीवन भट्टराई र स्नेहा भट्टराईको अभिनय रहेको छ। उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ