बिहीबार , साउन २१ गते २०८३

चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

अखबार दैनिक
बुधबार, वैशाख २६ २०८१
  • चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएको छ।  मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।

    चलचित्र पुजार सार्कीमा जातीय विभेदको मुद्दालाई उठाइएको छ। कथा अन्तरजातीय सम्बन्धको जटिलता वरपर घुमेको ट्रेलरबाट स्पष्ट हुन्छ। कास्कीकोट गाउँमा खिचिएको यो चलचित्र विकास सुवेदीले लेखेका हुन्।

    दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन, प्रदीप र पल शाहसहित अञ्जना बराइली, परीक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्य लगायत कलाकारको अभिनय छ। चलचित्र जेठ १० गतेबाट प्रदर्शन हुँदैछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार