बिहीबार , साउन २१ गते २०८३

मुकुन भुसाल फिल्म  'पूर्ण बहादुरको सारंगी' मा अनुबन्धित

मुकुन भुसाल फिल्म  'पूर्ण बहादुरको सारंगी' मा अनुबन्धित

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • मुकुन भुसाल फिल्म  'पूर्ण बहादुरको सारंगी' मा अनुबन्धित

    अभिनेता मुकुन भुसाल फिल्म 'पूर्ण बहादुरको सारंगी' मा अनुबन्धित भएका छन्। अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग लिखित सम्झौता गरेको हो। पहिलो फिल्म 'बुलबुल' बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरूले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वासका साथ अनुबन्धित गरिएको निर्माता विनोद पौडेलले बताए। फिल्ममा उनलाई शीर्षमध्येको एक महत्वपूर्ण पात्रमा देख्न सकिने पौडेलले बताए। 

    'पूर्ण बहादुरको सारंगी' मा अनुबन्धित भएसँगै मुकुनले फिल्मलाई लिएर उत्साहित रहेको बताए। 'एउटा कलाकारमा फरक चरित्रको भोक सधै रहन्छ। मैले यसमा पाएको भूमिका साँच्चिकै विशेष छ। यसबाट सबैले केही नयाँ परिचय पाउनु हुनेछ भन्ने विश्वास छ। फिल्मलाई लिएर उत्साहित छु,' उनले भने।

    जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मका लागि कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ। मुकुनअघि यस फिल्ममा गायक एवं अभिनेता प्रकाश सपुत अनुबन्धित भइसकेका छन्। 

    सोसल–ड्रामामा बन्ने फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ। करिब दुई साताअघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

    फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार