बिहीबार , साउन २१ गते २०८३

फिल्म 'एक्टर' को छायांकन पोखराबाट सुरू

फिल्म 'एक्टर' को छायांकन पोखराबाट सुरू

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • फिल्म 'एक्टर' को छायांकन पोखराबाट सुरू

    फिल्म 'एक्टर' को छायांकन पोखराबाट सुरू गरिएको छ। केही साताअघि काठमाडौंमा मुहूर्त गरिएको फिल्मको शुक्रबार विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायांकन सुरू गरिएको हो। जहाँ अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझीसहितले क्यामेरा पूजा गरेका थिए। 

    राजन भुसालको निर्देशनमा बन्न लागेको यो फिल्ममा प्रदीप र दिव्यासहित आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारहरुको अभिनय रहनेछ।

    प्रदीपले पहिलो पटक फिल्ममा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्। अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यही फिल्ममार्फत डेब्यू गर्न लागेकी छन्। त्यस्तै, अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले यो फिल्मबाट कमब्याक गर्दैछन्। 

    फिल्मको पोखरा छायांकन सेड्युल १० दिन तय गरिएको छ। त्यसपछि एक महिना काठमाडौंमा फिल्म खिचिने निर्माणपक्षले जनाएको छ।  

    थमन कुमारी भण्डारी यो फिल्मका निर्माता हुन्। अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्। फिल्मलाई लक्ष्मीपूजाको अवसर पोर कात्तिक १५ गतेदेखि प्रदर्शनमा ल्याइने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार