आइतबार, भदौ १४ गते २०८३

मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक

मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक

अखबार दैनिक
आइतबार, वैशाख ३० २०८१
  • मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक

    काठमाडौं । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक भएको छ । फिल्मले मन पराएकी युवतीलाई विवाह गर्न घरज्वाइँ बन्नुपर्ने बाध्यता र सामाजिक प्रतिष्ठाको चेपुवामा परेको एक मगर पात्रको कथा भन्छ ।

    शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् । दयाहाङले गाउँका शिक्षकको भूमिका निर्वाह गरेका छन् । उनको पात्र मिरुनालाई मनपराउँछ ।

    ऊ मिरुनालाई माग्न पनि जान्छ । तर मिरुनाका बुवा शिशिरले छोरीलाई विवाह गर्ने केटा घरज्वाइँ बस्नुपर्ने सर्त राख्छन् । तर उसलाई यो सर्त अमान्य छ । पुर्खाको बेइज्जत गरेर ऊ घरज्वाइँ बस्न राजी छैन ।

    ऊ घरज्वाइँ बस्नुपर्ने केटी पक्षको दबाब र सामाजिक प्रतिष्ठा दुई विचारको चेपुवामा पर्छ । टिजरमा यति मात्र प्रस्तुत गरिएको छ । के ऊ घरज्वाइँ बस्न राजी हुन्छ या पुर्खाको प्रतिष्ठाको लागि यो सोचविरुद्ध लड्छ ? फिल्मको केन्द्रीय कथावस्तु यही नै हो ।

    पूर्वी रुकुमस्थित तकसेराको मगर गाउँमा खिचिएको यो फिल्मले मगर समुदायको संस्कृतिको कथा भन्छ । यसअघि लिम्बू समुदायको ‘जारी’मा अभिनय गरेका दयाहाङ–मिरुना, लगभग त्यही मनोविज्ञान र समुदायको कथामा पुनः देखिंदैछन् ।

    यसअघि छोटो फिल्म ‘आग्रे’ निर्देशन गरेका अनिल बुढाको यो डेब्यु कथानक फिल्म हो । जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन । पटकथा तथा संवाद लेखन बुढासहित विनोद खतिवडा र सुभाष कोइरालाको छ ।

    असार २८ गते रिलिज तयारीमा रहेको फिल्ममा पुष्कर गुरुङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतको पनि अभिनय छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ