आइतबार, भदौ १४ गते २०८३

प्रकाश दुतराजको नयाँ गीत 'करिम' सार्वजनिक (भिडिओ)

प्रकाश दुतराजको नयाँ गीत 'करिम' सार्वजनिक (भिडिओ)

अखबार दैनिक
मंगलबार, जेठ १ २०८१
  • प्रकाश दुतराजको नयाँ गीत 'करिम' सार्वजनिक (भिडिओ)

    गायक एवं सर्जक प्रकाश दुतराजले नयाँ गीत 'करिम' सार्वजनिक गरेका छन्। सोमबार बेलुका युट्युबमा सार्वजनिक गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ। यसको शब्द तथा संगीत प्रकाश स्वयंको हो। बि.बि. अनुरागीले एरेन्ज गरेका छन्। 'करिम' प्रकाशको 'रिमै' पछिको अफिसियल गीत हो। 

    यसअघि राउटे समुदायको कथामा गीत ल्याएका प्रकाशले यसपटक बादी समुदायका महिलाको पीडा र बाध्यतालाई 'करिम' मा उठान गरेका छन्। 

    प्रस्तुत गीत र कथालाई उनले सदियौंदेखि शोषण, दमन, दुःख–कष्ट, पीर र अभावमा पर्दै आएका बादी समुदायका छोरी, चेली र आमाहरूप्रति समर्पित भनेका छन्। 

    भिडिओमा प्रकाश दुतराजसहित अन्जु चौलागाईं, सुस्मिता कुँवर, दिपेश परियार (डिप्सन), सन्तोष दुतराज, सर्जुन राई, गौरव गिरी, रोहित देउवा प्रस्तुत छन्। बाल कलाकारको रूपमा आयुषा गौतम, सिम्रन परियार र प्रमिसा कटुवालले अभिनय गरेका छन्। 

    अनिल के. मानन्धरको छायाँकन रहेको भिडिओलाई नबिन घर्ती मगरले निर्देशन एवं सम्पादन गरेका हुन्। गीतले स्रोता–दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ