बिहीबार , साउन २१ गते २०८३

सरकारले हलिउड र बलिउडका निर्मातालाई नेपालमा फिल्म छायांकनको लागि आकर्षित गर्न नीति लिइने

सरकारले हलिउड र बलिउडका निर्मातालाई नेपालमा फिल्म छायांकनको लागि आकर्षित गर्न नीति लिइने

अखबार दैनिक
मंगलबार, जेठ १ २०८१
  • सरकारले हलिउड र बलिउडका निर्मातालाई नेपालमा फिल्म छायांकनको लागि आकर्षित गर्न नीति लिइने

    काठमाडौं । सरकारले हलिउड तथा बलिउड फिल्मका निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गर्ने नीति लिने भएको छ ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड चलचित्र छायांकनका लागि निर्मातालाई आकर्षित गरिने बताएका हुन् ।

    अघिल्लो सरकारले ल्याएको बजेटमा पनि यो कुरा उल्लेख थियो । चलचित्र विकास बोर्डले पनि यो कार्यक्रमको कार्यान्वयनको लागि नेपालको लोकेसन विदेशमा चिनाउने र फेस्टिभल आयोजना गर्दै आइरहेको थियो ।

    तर, नेपालमा विदेशी फिल्म छायांकनको ब्यस्थापन गर्ने मेकर चाहिँ यदि नेपाललाई छायांकन गन्तव्य थलोको रुपमा विकास गर्ने हो भने अनुदान र सहुलियत ल्याउनुपर्ने बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार