आइतबार, भदौ १४ गते २०८३

कवि तथा हाँस्यव्यङ्ग्य कलाकार श्रीकृष्ण सिम्खडाको ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक

कवि तथा हाँस्यव्यङ्ग्य कलाकार श्रीकृष्ण सिम्खडाको ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक

अखबार दैनिक
आइतबार, जेठ १३ २०८१
  • कवि तथा हाँस्यव्यङ्ग्य कलाकार श्रीकृष्ण सिम्खडाको ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक

    कवि तथा हाँस्यव्यङ्ग्य कलाकार श्रीकृष्ण सिम्खडाको ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ । सिम्खडाले आफ्नो युट्युब च्यानल Shreekrishna Simkhada मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा स्वर, शब्द र संगीत सिम्खडा आफ्नै रहेको छ । गीतको म्युजिक एरेन्ज वरिष्ठ गायक तथा संगीतकार सञ्जय खड्गीले गरेका हुन् ।


    कवि एवं हाँस्यव्यङ्ग्य कलाकारको पहिचान बनाएका सिम्खडाले पहिलो पटक आधुनिक गीत गाएका हुन् । विश्वमा बढेको शक्तिको होडबाजीलाई रोक्न सिर्जनामार्फत सन्देश दिन खोजिएको उनले बताए ।


    गीत सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘सबै जित्नमात्रै डौडिरहेको र हार्न कोही तयार नभएको विश्व परिवेशलाई आत्मसात गर्दै शान्तिका लागि बुद्ध जन्मेको देशबाट सबैलाई एकचोटी हारेर जित्न गीतमार्फत आह्वान गरेको हुँ ।’

    उनी प्यारोडी गायक पनि हुन् । हरेक वर्ष गाइजात्राको अवसरमा उनले कुनै न कुनै प्यारोडी गीत ल्याउने गरेका छन् । उनका प्यारोडी गीतमा देशमा भइरहेका विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध गतिलो झापड पाउन सकिन्छ ।

    सिम्खडाको यसअघि ‘श्रीकृष्ण सिम्खडाका कविता संग्रह, भाग–१ र भाग–२’ पनि प्रकाशित भइसकेका छन् । यसअघि उनी लामो समय सार्वजनिक सौचालय सरसफाइ अभियानमा थिए । ढुङ्गाका पहरादेखि उनी ढुङ्गे धारा, सडक पेटी, स्कूल र कलेजहरुमा पछिल्ला वर्षहरुमा कविता सुनाउँदै हिँड्थे ।

    उनले सुरु गरेको सामाजिक अभियान र बाल्यकालदेखिका उनको संघर्षका बारेमा बनेको बृत्तचित्र केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ