आइतबार, भदौ १४ गते २०८३

'लण्डन टु पेरिस' को ट्रेलर सार्वजनिक  (भिडिओ)

'लण्डन टु पेरिस' को ट्रेलर सार्वजनिक  (भिडिओ)

अखबार दैनिक
आइतबार, जेठ १३ २०८१
  • 'लण्डन टु पेरिस' को ट्रेलर सार्वजनिक  (भिडिओ)

    जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'लण्डन टु पेरिस' को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार दिउँसो ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज ट्रेलरमा त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ। प्रेम, नोंकझोंक र विछोडको कथा ट्रेलरमा देख्न सकिन्छ।

    घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्ममा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र करिब खड्का शीर्ष भूमिकामा छन्।  यो फिल्मले ट्राभल लभस्टोरीको कथा प्रस्तुत गर्छ। यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। निश्चल र गरिमाले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्। 

    एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ। फिल्ममा अमित बस्नेतसहित आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माताका रूपमा छन्।

    फिल्ममा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ। 

    'लण्डन टु पेरिस' लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले नेपालभरका फिल्म हलमा वितरण गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ