बिहीबार , साउन २१ गते २०८३

चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ मा अभिनेत्री अन्जना बराइली अनुबन्धित

चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ मा अभिनेत्री अन्जना बराइली अनुबन्धित

अखबार दैनिक
बुधबार, जेठ १६ २०८१
  • चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ मा अभिनेत्री अन्जना बराइली अनुबन्धित

    जेठ १६ काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ मा अभिनेत्री अन्जना बराइली अनुबन्धित भएकी छिन्।  निर्माण टिमले एक पोस्टर सेयर गर्दै बराइली चलचित्रमा मुख्य भूमिकाको लागि जोडिएको जानकारी दिएको हो। 

    ‘महापुरुष’ बाट डेब्यु गरेकी अन्जनाको मुख्य भूमिका रहेको ‘पुजार सार्की’ हलमा प्रदर्शनरत छ। बक्सअफिसमा राम्रो व्यापार गरिरकेको चलचित्रमा अन्जनाको अभिनयको तारिफ भइरहेको छ।
     
    चलचित्रमा यसअघि गायक तथा कलाकार प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, भोला राज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छ्न। चलचित्रलाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो भने चलचित्रका लेखन तथा निर्देशन सरोज पौडेल हुन्।

    यो चलचित्रको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ।  चलचित्रको सुटिङ जेठको २१ गतेबाट सुरु हुनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन् भने महेश दवाडीको पटकथा तथा संवाद रहन चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहने छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार