आइतबार, भदौ १४ गते २०८३

चलचित्र 'शिरफूल’ को ट्रेलर सार्वजनिक

चलचित्र 'शिरफूल’ को ट्रेलर सार्वजनिक

अखबार दैनिक
मंगलबार, जेठ २२ २०८१
  • चलचित्र 'शिरफूल’ को ट्रेलर सार्वजनिक

    जेठ २२ काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र 'शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र आउँदो असार ७ गतेदेखि हलमा लाग्दैछ। 

    चलचित्रमा अभिनेत्री मरिष्का पोखरेल मुख्य भूमिकामा प्रस्तुत छिन् भने रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगर लगायतको अभिनय छ। 

    चलचित्रमा देवराज आले मगरको कथा, राज थापा र राजु युगिनको पटकथा तथा संवाद, श्री श्रेष्ठको एक्सन, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ। आशिर्वाद पुन मगर चलचित्रको निर्माता र माया छन्त्याल पुन सह–निर्माता हुन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ