बिहीबार , साउन २१ गते २०८३

फिल्म ‘पचेडा’, ट्रेलरको ट्रेलर सार्वजनिक

फिल्म ‘पचेडा’, ट्रेलरको ट्रेलर सार्वजनिक

अखबार दैनिक
आइतबार, जेठ २७ २०८१
  • फिल्म ‘पचेडा’, ट्रेलरको ट्रेलर सार्वजनिक

    काठमाडौँ। वृत्तचित्र फिल्म ‘पचेडा’ ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सन्तलाल चेपाङ र उसको परिवारले बाँच्नका लागि गरिरहेको संघर्ष कथा प्रस्तुत गरिएको छ।

    फिल्मको छायांकन पनि सन्तलालकै घर मकवानपुरको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ। चेपाङ समुदायको जीवनयापनमा आधारित फिल्मको निर्देशन दीपेन्द्र केसीले गरेका हुन्। निर्देशक केसीले ‘कथा भित्रका कथाहरू’ वृत्तचित्र शृंखला अन्तर्गत यो वृत्तचित्र तयार पारेका हुन्। डकुमेन्ट्रीमार्फत आफूले चेपाङ समुदाय अझै पनि किन जंगलमै बसिरहेका छन्? उनीहरू किन अवसरका लागि सहर पस्दैनन्? भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरेको निर्देशक केसीले बताए।

    ‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ। उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ’, दीपेन्द्र भन्छन्,‘मेरो ईच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जंगलमै बस्नु रहर होइन।’

    अहिलेको समयमा पनि चेपाङहरुको दैनिकी उस्तै भएकोले उनीहरुको जीवनमा केही परिवर्तन गर्न सकिन्छ्की भन्ने हेतुले आफुले डकुमेन्ट्री बनाएको निर्देशक केसीले बताए।

    फिल्मको निर्माण निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले गरेका छ्न् भने सह निर्माता बालकृष्ण खड्गी हुन्। फिल्म चेपाङ वस्तिसँगै अस्ट्रेलियामा पनि प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।

    निर्देशक दीपेन्द्रले थुप्रै म्युजिक भिडियो र फिल्मको सह निर्देशन गरेका छ्न उनि ओस्कार कलेज अफ फिल्म स्टडिजमार्फत निर्देशनमा स्नातक गरेका छ्न्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार