बिहीबार , साउन २१ गते २०८३

बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

अखबार दैनिक
सोमबार, जेठ २८ २०८१
  • बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

    जेठ २८ काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिहे गर्दै छिन् । सिन्हाले आफ्ना प्रेमी तथा बलिउड अभिनेता जहीर इकबालसँग आगामी जुन २३ (असार ९) मा मुम्बइमा विवाह गर्न लागेकी हुन्।

    भारतीय समाचार माध्यमका अनुसार यो विवाहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन्।  विवाह बेस्टियन मुम्बईमा हुने बताइएको छ । सोनाक्षी र जहीर लामो समयदेखि प्रेम सम्बन्धमा छन्। तर, अहिलेसम्म दुवैले यसबारे खुलेर बोलेका छैनन्। 

    दुबैको सामाजिक सञ्जाल पोष्टले उनीहरुको सम्बन्धको खुलासा गरेको छ। हालै सोनाक्षीको जन्मदिनमा पनि जहीरले अभिनेत्रीसँग धेरै तस्बिर सेयर गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार