बिहीबार , साउन २१ गते २०८३

अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’

अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’

अखबार दैनिक
बुधबार, असार ५ २०८१
  • अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’

    काठमाडौँ । ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गर्ने भएको छ। फ्लाई नेपाका सिइओ विनोद अधिकारीले देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा अत्यधिक सफल भएपछि नचाउने उद्देश्यसहित ‘अब नाच्छ अमेरिका’ नाममा कार्यक्रम गर्न लागेको जानकारी गराएका छन्।

    अधिकारीका अनुसार यो नचाउने यात्रामा देशका चर्चित गायिका शान्ति श्री परियार, रचना रिमाल र ज्योति मगरले सहभागिता जनाउनेछन्। यसैगरी यो यात्रामा लोकदोहोरीकी चर्चित मोडल करिष्मा ढकालको पनि साथ रहनेछ। आयोजक विनोद अधिकारीले तीजको अवसर पारेर अमेरिकाका ८ वटा राज्यमा हुने कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने विश्वास लिएका छन्।

    ‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो।यसले कुनै न कुनै रुपमा नेपाली गीत संगीतको प्रवद्र्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु,’ अधिकारीको भनाइ छ।

    आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ। फ्लाई नेपाकै आयोजनामा यसअघि भएको ‘अब हाँस्छ अमेरिका’मा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीको टोलीले यही जनवरीदेखि फ्रेब्रुअरीसम्म अमेरिकाका विभिन्न १४ राज्यमा हाँस्य प्रस्तुति दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार