बिहीबार , साउन २१ गते २०८३

फिल्म 'खुस्मा' का दुईवटा पोस्टर सार्वजनिक

फिल्म 'खुस्मा' का दुईवटा पोस्टर सार्वजनिक

अखबार दैनिक
आइतबार, असार ९ २०८१
  • फिल्म 'खुस्मा' का दुईवटा पोस्टर सार्वजनिक

    अभिनेता धिरज मगर र अभिनत्री उपासना सिंह ठकुरीको पहिलो सहकार्य रहेको फिल्म 'खुस्मा' का दुईवटा पोस्टर सार्वजनिक गरिएको छ। 

    एउटामा दुवै कलाकारलाई रोमान्टिक भावमा देखाइएको छ। अर्को पोस्टरमा उपसनालाई मात्र चिन्तित मुन्द्रामा प्रस्तुत गरिएको छ। 

    यो फिल्मलाई अशोक थापा मगरले लेखन तथा निर्देशन गरेका हुन्। मगर समुदायको पृष्ठभूमिमा निर्माण भएको फिल्मले प्रेमकथा प्रस्तुत गर्ने निर्देशक थापा मगरको भनाइ छ। 

    एम मिडिया प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर, मान बहादुर धनाह मगर रहेका छन्। दीपक बज्राचार्यले फिल्मलाई खिचेका हुन्। फिल्म असोज ३ गतेदेखि नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने तय छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार