बिहीबार , साउन २१ गते २०८३

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’अस्पताल भर्ना

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’अस्पताल भर्ना

अखबार दैनिक
आइतबार, असार २३ २०८१
  • लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’अस्पताल भर्ना

    लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी चार दिनअघि चिरायु हस्पिटल भर्ना भएकी हुन्।

    ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल जाँदा एकसाथ धेरै स्वास्थ्य समस्या देखिएपछि भर्ना हुनुपरेको बबिताले बताइन् । टन्सिल, छाती र ब्लडमा इन्फेक्सन, सुगर लगायतका समस्या देखिएको उनले बताइन्।

    उनलाई आइसियूमा राखेर उपचार गराउने तयारी थियो। यद्यपि अहिले स्वास्थ्यमा सुधार आएपछि आइसियूमा जान नपरेको उनले जानकारी दिएकी छन्। स्वास्थ्यमा सुधार आए पनि अस्पतालबाट डिस्चार्ज हुन भने अझै केही दिन लाग्ने बबिताले बताइन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार