बिहीबार , साउन २१ गते २०८३

‘सक्किगोनि’ टिमले घोषणा गर्‍यो पहिलो फिल्म ‘लाज शरणम्’

‘सक्किगोनि’ टिमले घोषणा गर्‍यो पहिलो फिल्म ‘लाज शरणम्’

अखबार दैनिक
शुक्रबार, साउन ४ २०८१
  • ‘सक्किगोनि’ टिमले घोषणा गर्‍यो पहिलो फिल्म ‘लाज शरणम्’

    हास्य टिभी सिरियल ‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ। शुक्रबार कुमार कट्टेल जिग्री को जन्मदिनको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मका कलाकार र निर्देशकबारे जानकारी दिइयो। सिरियल निर्माणमा लागेको एक दशकपछि जिग्री र पाँडे को टिमले फिल्म बनाउन लागेको हो।

    जेपीटी क्रियशनबाट बन्न लागेको फिल्मलाई कुमारले निर्देशन गर्ने भएका छन्। उनकै लेखन रहेको फिल्ममा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल ‘बले’, अर्जुन घिमिरे पाँडे र कमलमणि नेपालको अभिनय रहने तय छ।

    त्यस्तै माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि शीर्ष भूमिकामा अभिनय रहनेछ। पुराना अभिनेता मुकुन्दले यो फिल्मबाट पुनरागमन गर्न लागेका हुन्। भदौं तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नविन श्रेष्ठ र रामनरेश शाह छन्।

    महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि फिल्मलाई प्रदर्शनमा ल्याइने जनाइएको छ। कार्यक्रममा निर्देशक कुमार कट्टेलले जिम्मेवार भएर राम्रो फिल्म बनाउन मेहनत गर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार