बिहीबार , साउन २१ गते २०८३

‘हिटलर आउँदैछ’बाट नाटकमा डेब्यु गर्दै वर्षा

‘हिटलर आउँदैछ’बाट नाटकमा डेब्यु गर्दै वर्षा

अखबार दैनिक
मंगलबार, साउन ८ २०८१
  • ‘हिटलर आउँदैछ’बाट नाटकमा डेब्यु गर्दै वर्षा

    फिल्मकी चर्चित अभिनेत्री वर्षा राउतले रंगमञ्चमा डेब्यु गर्ने भएकी छिन्। उनले विमल सुवेदीको निर्देशन रहने नाटक 'हिटलर आउँदैछ' मार्फत् रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन्। वर्षासँगै जोयस पाण्डेको मुख्य भूमिका रहने नाटकको मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ। 

    वर्षा यही नाटकका लागि अमेरिका पुगिसकेकी छिन् । यतिबेला रिहर्सल चलिरहेको यो नाटकमा अभिनय गर्न आफू उत्सुक रहेको उनले बताइन् । ‘नाटकबाट आएका धेरै कलाकारसँग फिल्ममा काम गरेकाले मलाई नाटक गर्ने र सिक्ने चाहना पहिल्यैदेखि थियो । यो मौका यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु । यो नाटकबाट धेरै कुरा सिक्न पाउनेमा विश्वस्त छु,’ उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार