बिहीबार , साउन २१ गते २०८३

चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त,सुरक्षा मुख्य भूमिकामा

चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त,सुरक्षा मुख्य भूमिकामा

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त,सुरक्षा मुख्य भूमिकामा

    काठमाडौं । सुरक्षा पन्तको मुख्य भूमिकामा चलचित्र ‘लाइफ ड्यामेज’ बन्ने भएको छ। शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो। 

    सुरक्षाले शुभमुहूर्तका तस्विरहरु राख्दै चलचित्रको घोषणाबारे जानकारी दिएकी हुन्। फन रिभोलुसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई कन्टेन्ट क्रियटरको रुपमा चर्चित निमेष श्रेष्ठले निर्देशन गर्नेछन्। चलचित्रको कथा निमेषसहित ईशा थापाले लेखेकी हुन्। 

    चलचित्रमा सुरक्षासहित ईशा थापा, सञ्जना महर्जन, निमेश श्रेष्ठ, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहने छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार