बिहीबार , साउन २१ गते २०८३

चलचित्र ‘मोदीबेनी’आजदेखी देशभर प्रदर्शनमा

चलचित्र ‘मोदीबेनी’आजदेखी देशभर प्रदर्शनमा

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८१
  • चलचित्र ‘मोदीबेनी’आजदेखी देशभर प्रदर्शनमा

    काठमाडौं । नेपाली चलचित्र ‘मोदीबेनी’आजदेखी देशभर प्रदर्शनमा आएको छ। शङ्कर कोइरालाको निर्देशन रहेको चलचित्रमा वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको जोडीलाई रुचाइएको छ भने रेजिना उप्रेतीको नौ वर्षपछिको कमब्याकको पनि तारिफ गरिएको छ। 

    चलचित्रमा वर्षा, अमर, रेजिनाको साथमा, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् भने चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार