बिहीबार , साउन २१ गते २०८३

भैँसी बेचेर च्याउ खेती

भैँसी बेचेर च्याउ खेती

शुक्रबार, भदौ ७ २०८१
  • भैँसी बेचेर च्याउ खेती

    यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उहाँले चारवटा प्लास्टिक टनेल लगाउनुभएको छ ।

    दुईवटा भैँसी पाल्दै आउनुभएका क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गर्नुभयो । उहाँ अहिले तरकारी खेतीबाट आत्मनिर्भर बन्नुभएको छ । उहाँका तीन टनेलमा घिरौला, लौका, टमाटर, धनिया र तिते करेला छन् ।

    तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमानसहितको जिविका चलाएर केही रकम बचत गर्दै आउनुभएको छ । उहाँले च्याउ खेती पनि गर्नुभएको छ । च्याउ खेतीका लागि क्षत्रीले छुट्टै टनेलको व्यवस्था गर्नुभएको छ । अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउ खेतीबाट दोब्बर आम्दानी हुने क्षत्रीले सुनाउनुभयो । स्मृति कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आउनुभएका क्षत्रीले च्याउ खेतीमा जोड दिनुभएको हो ।

    उहाँले च्याउखेती थप विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । “परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ”, क्षत्रीले भन्नुभयो, “छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउखेती तालिमले मलाई बल्ल राहत दियो ।” दुई सय किलो च्याउ बिक्री गरिसकेको र अझै दुई सय ५० केजीदेखि तीन सय केजी च्याउ उत्पादन हुने आशामा रहेको उहाँले बताउनुभयो । च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    बेनी नगरपालिका–२ बौरस्थित माइतीगाउँका महिला तरकारी खेतीबाट आयआर्जन गर्न सफल भएको देखेर व्यावसायिक तरकारी खेती थालेको क्षत्रीको भनाइ छ । जग्गा आफ्नै र बिक्रीसमेत आफले बजार पुगेर गर्दा बचत धेरै हुने गरेको छ । बिचौलियासमेत आवश्यक नपर्ने उहाँको अनुभव छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार