बिहीबार , साउन २१ गते २०८३

‘ज्ञानशाष्त्र’बाट फिल्ममा डेब्यु गर्दै टिकटकर स्मारिका ढकाल

‘ज्ञानशाष्त्र’बाट फिल्ममा डेब्यु गर्दै टिकटकर स्मारिका ढकाल

अखबार दैनिक
बिहीबार , भदौ २० २०८१
  • ‘ज्ञानशाष्त्र’बाट फिल्ममा डेब्यु गर्दै टिकटकर स्मारिका ढकाल

    पछिल्लो समय घरेलु फिल्ममा टिकटकरको डेब्यु क्रममा वृद्धि भएको देखिन्छ, यो सूचीमा स्मारिका ढकाल थपिएकी हुन् । लोभलाग्दो भ्युज र रमाइला भिडियोमार्फत उनी टिकटक प्रयोगकर्तामाझ चर्चित छिन् । स्मारिकाले शीर्ष भूमिकामा ‘ज्ञान शाष्त्र’बाट फिल्ममा डेब्यु गर्ने भएकी छन् । स्मारिकालाई टिकटकमा पछ्याउनेको संख्या ११ लाख छ । कलाकार समेत रहेका दिनेश कुवँरले निर्देशन गर्ने यो फिल्मको छायांकन तीजलगत्तै सुरु हुने तयारीमा छ ।

    चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएपछि ‘ज्ञानशाष्त्र’लाई पहिलोपटक निर्माण इजाजत दिएका थिए । महिलाप्रधान यो फिल्मले शिक्षालाई राजनीतिबाट मुक्त गर्न एक महिला पात्रले गर्ने संघर्षको कथा पेश गर्छ ।

    फिल्ममा समीर खान, रविन्द्र झा, नरेश पौड्याल, सुशील पोखरेल, सुरवि पण्डित, श्याम राई, पूर्णिमा थापा, ममता पौडेल, रामेश्वर रिजाल, दीपक अधिकारी, अनुज गुप्ता, मुस्कान काप्री, किशोर दुवाडी, आर्यन चुडाल, दिवससिंह कुवँरको पनि अभिनय तय छ । दिवस फिल्मसको ब्यानरमा प्रेमबहादुर श्रेष्ठ र बिकास बरालले फिल्म निर्माण गर्न लागेका हुन् । पटकथा आभास रानाले लेखेका हुन । छायांकन भदौ २२ देखि धादिङ र चितवनमा छायांकन सुरु हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार