बिहीबार , साउन २१ गते २०८३

भारतीय सीमामा राेकिएका सबै नेपालीलाई सतर्कता अपनाएर ल्याउन कांग्रेसकाे माग

भारतीय सीमामा राेकिएका सबै नेपालीलाई सतर्कता अपनाएर ल्याउन कांग्रेसकाे माग

अखबार दैनिक
शुक्रबार, जेठ २ २०७७
  • भारतीय सीमामा राेकिएका सबै नेपालीलाई सतर्कता अपनाएर ल्याउन कांग्रेसकाे माग

    काठमाण्डौ ,  प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लाे २४ घण्टामा हजाराैँ नेपाली भारतसँगकाे सीमामा आइपुगेकाे र अन्य अलपत्र नेपालीलाइ स्वदेश आउन दिन सरकारसँग माग गरेको छ।

    नेपाली कांग्रेसले हजारौं नेपाली सीमामा आइपुगेको विवरण पार्टीको केन्द्रीय कार्यालयमा प्राप्त भएको बताउँदै अलपत्र सबै नेपालीलाई नेपाल प्रवेश गर्न दिन माग गरेकाे हाे।

    ‘भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्‍न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कैयौं नाकामा प्रवेश नपाएर नेपालीहरू अलपत्र स्थितिमा छन्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    B8ADE6CA-0848-4C13-BAAC-5941E5CCC94E.jpeg

    लुकिछिपी नेपाली स्वदेश फर्कँदा काेराेनाकाे जाेखिम झनै बढेकाे शर्माले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। ‘अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ। अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षणपश्चात सुरक्षित रूपमा घर पुर्‍याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। कांग्रेसले उच्च सतर्कता अपनाउँदै नेपालीलाईइ स्वदेश ल्याउन सरकारसँग माग गरेकाे छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार