बिहीबार , साउन २१ गते २०८३

चलचित्र ‘१२ गाउँ’को ट्रेलरमा विराज र समीरको एक्सन

चलचित्र ‘१२ गाउँ’को ट्रेलरमा विराज र समीरको एक्सन

अखबार दैनिक
मंगलबार, असोज १५ २०८१
  • चलचित्र ‘१२ गाउँ’को ट्रेलरमा विराज र समीरको एक्सन

    काठमाडौं । चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ट्रेलरमा विराज भट्ट र समीर भट्टको एक्सनलाई देखाइएको छ । ट्रेलरमा चलचित्रबा मुख्य  कलाकार पनि अटाएका छन् । अभिनेता विराज भट्टको निर्देशन रहेको एक्सन–थ्रिलर चलचित्र ’१२ गाउँ’ असोज २४ गते रिलिज हुने तयारीमा रहेको छ । 

    चलचित्रमा विराज भट्ट, समीर भट्ट, सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट शिल्भा, सन्तोष सरकार, कनिज कोइराला, शुलेमान शंकर (इकु), कृष्ण भट्ट लगायत कलाकारहरूको अभिनय छ। 

    यो चलचित्रबाट विराजका छोरा समीरले डेब्यु गर्दैछन् भने दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि यो चलचित्रबाट डेब्यु गरेका छन्। 

    सन्तोष सरकारको लेखन रहेको चलचित्रमा महेश पौडेल र राजु लामाको डिओपी, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, सुनील क्षेत्री र रामजी लामिछानेको कोरियोग्राफी, भूपेन्द्र अधिकारी र प्रवीन केएलको सम्पादन छ। चलचित्रलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार