आइतबार, असोज ११ गते २०८३

यू–१७ फुटबल : नेपालले आज जापानसँग खेल्ने

यू–१७ फुटबल : नेपालले आज जापानसँग खेल्ने

अखबार दैनिक
बुधबार, कात्तिक ७ २०८१
  • यू–१७ फुटबल : नेपालले आज जापानसँग खेल्ने

    एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ। नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ।

    नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन्।

    जापान, जसले यस प्रतियोगितामा चार पटक उपाधि जितिसकेको छ, समूहको सर्वाधिक बलियो टोली हो। यस्तै, कतारले पनि एक पटक प्रतियोगितामा विजयी भएको टोली हो। मंगोलियालाई कमजोर टोली मानिए पनि उसले यसपटक कडा चुनौती दिने अनुमान गरिएको छ।

    नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग हुनेछ। दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ। समूह चरणका यी तीन खेलहरू नेपाली टोलीको एएफसी अण्डर सेभेन्टिन एसिया कपमा छनोट हुने सपना पूरा गर्न निर्णायक सावित हुनेछन्।

    यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्। आयोजकका रूपमा साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ। अब बाँकी १५ टोली यस छनोट चरणबाट चयन हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ