बिहीबार , साउन २१ गते २०८३

चलचित्र‘लाज शरणम् ' को दोश्रा चरणकोे छायांकन सुरु

चलचित्र‘लाज शरणम् ' को दोश्रा चरणकोे छायांकन सुरु

अखबार दैनिक
बुधबार, मंसिर १२ २०८१
  • चलचित्र‘लाज शरणम् ' को दोश्रा चरणकोे छायांकन सुरु

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को मुख्य कलाकार विजय बरालले ‘लाज शरणम् को दोस्रो चरणको छायांकन सुरु गरेका छन् । मंगलवारदेखि बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन् ।

    दशैंअघि डोल्पामा सुटिङ सकेको यो चलचित्रले काठमाडौं तालिका केहि दिन अगाडिदेखि थालेको हो । हालसम्म चलचित्रको ९५ प्रतिशत छायांकन सकिएको  निर्माणपक्षले जनाएको छ । 

    चलचित्र फागुन १४ गते महाशिवरात्रीको दिनदेखी प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार