बिहीबार , साउन २१ गते २०८३

समय बित्दै मृत्युदर थपिदै

समय बित्दै मृत्युदर थपिदै

कोरोनाबाट थप एक जनताको मृत्यु

images
अखबार दैनिक
बुधबार, जेठ ७ २०७७
  • समय बित्दै मृत्युदर थपिदै

    ७ , जेठ , काठमाण्नेडौं । पालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले  जानकारी दिए। 

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अब ३ पुगेको छ। 

    सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो ।

    गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो। 

    मृतक पेशाले शिक्षक थिए। उनको विद्यालयमा क्वारेन्टाईन राखिएकाले भत्यहीँबाट उनलाई संक्रमण सेरेको आशंका गरिएको छ। 

    नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार