सोमबार, वैशाख ३० गते २०८२

दैलेखको महाबुमा बिहान ११ बजेसम्म ३ हजार ४४ मत खस्यो

दैलेखको महाबुमा बिहान ११ बजेसम्म ३ हजार ४४ मत खस्यो

अखबार दैनिक
आइतबार, मंसिर १६ २०८१
  • दैलेखको महाबुमा बिहान ११ बजेसम्म ३ हजार ४४ मत खस्यो

    सुर्खेत । दैलेखको महाबु गाउँपालिकामा मतदान जारी छ । अध्यक्षका लागि बिहानै ७ बजेबाटै शुरु भएको मतदान जारी छ । ११ बजेसम्म तीन हजार मत खसेको छ ।

    images

    जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीका अनुसार तीन हजार ४४ मत खसिसकेको छ । महाबुमा १२ हजार ६१४ मतदाता रहेका छन् । अहिलेसम्म २४.१३ प्रतिसत मत हो । दैलेखको दुल्लु नगरपालिका–१३ मा बिहान ११ बजेसम्म ६६६ मत खसेको छ । दुल्लुमा २ हजार ७०६ जना कुल मतदाता रहेको निर्वाचन अधिकृत सलामीले जानकारी दिए ।

    महाबुको अध्यक्षमा कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा चुनावी मैदानमा होमिएका छन् । यस्तै राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर पनि चुनावमा होमिएका छन् । मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ