सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा दुई वडाध्यक्षका लागि मतदान जारी छ । नगरपालिकाको वडा नम्बर १ र ४ मा वडाअध्यक्ष पदको लागि जारी रहेको मतदानमा दुवै वडा गरेर अहिलेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुवै वडाको ३ मतदान स्थलमा दिउँसो साढे ११ बजे सम्ममा पुरुष ६९३ र महिला ६९४ गरी १ हजार २ सय ९७ जनाले मतदान गरेका छन् । अहिलेसम्म शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । दुवै वडामा जम्मा मतदाता ३ हजार ९ सय ४२ मतदान भएको छ ।