सोमबार, वैशाख ३० गते २०८२

स्थानीय तह उपनिर्वाचन : दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

स्थानीय तह उपनिर्वाचन : दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

अखबार दैनिक
आइतबार, मंसिर १६ २०८१
  • स्थानीय तह उपनिर्वाचन : दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

    काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । स्थानीय तहका रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति मतदान भइरहेको हो । ४१ पदका लागि ३७६ उमेदवार प्रतिस्पर्धामा छन् ।

    images

    काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिकासहित सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

    आइतबार दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । बिहान ७ बजेदेखि सुरु मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ