सोमबार, वैशाख ३० गते २०८२

प्रधानमन्त्री केपी चीन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थल बन्द

प्रधानमन्त्री केपी चीन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थल बन्द

अखबार दैनिक
सोमबार, मंसिर १७ २०८१
  • प्रधानमन्त्री केपी चीन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थल बन्द

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ ।

    images

    प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान-अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    नोटाम अनुसार अहिले बिहान १०:३५ बजेबाट ११:०५ बजेसम्म अरू वायुसेवा कुनैको पनि उडान-अवतरण हुँदैन । प्रधानमन्त्री ओलीको जहाज ११ बजे उडेको ५ मिनेटपछि मात्र अन्य वायुसेवाको नियमित उडान हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ