बिहीबार , साउन २१ गते २०८३

‘फेरि रेशम फिलिली’ ३५ दिनमा प्याकअप

‘फेरि रेशम फिलिली’ ३५ दिनमा प्याकअप

अखबार दैनिक
बुधबार, मंसिर १९ २०८१
  • ‘फेरि रेशम फिलिली’ ३५ दिनमा प्याकअप

    काठमाडाैं। रोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरि रेशम फिलिली’को छायांकन सकिएको छ। काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पूर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए।

    यो सिनेमा २०७२ सालमा रिलिज भएको सिनेमा रेशम फिलिलीको सिक्वेल हो। पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन्। अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निवार्ह गरेकी छन्।

    सिनेमामा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ। ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेलको लगानी रहने सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन्।

    सिनेमा आर्र्टसको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेकोछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार