बिहीबार , साउन २१ गते २०८३

भक्त्तपुरको च्यामा बस्ती सिल, प्रत्येक घरमा परीक्षणको तयारी

भक्त्तपुरको च्यामा बस्ती सिल, प्रत्येक घरमा परीक्षणको तयारी

अखबार दैनिक
शनिबार, जेठ १० २०७७
  • भक्त्तपुरको  च्यामा बस्ती सिल, प्रत्येक घरमा परीक्षणको तयारी

    १०, जेठ काठमाण्भडौं । भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ।

    भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो।

    प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि शनिबार बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसरले बताएँगे छ ।

    सङ्क्रमित महिलाले शुरुमा अस्पताल नगई घरमै बस्छु भने पनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उनलाई राति पाटन अस्पतालको आइसोलोशनमा लगिएको बताइएको छ। टेकु अस्पताल लैजाने तयारी गरिए पनि सङ्क्रमित महिला मुटु रोगको समेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो।

     

    विगतमा स्वास्थ्य स्वयंसेविका समेत रहेकी सङ्क्रमित महिला नगरपालिकाको बैठक, पार्टीको गतिविधि, राहत वितरणदेखि कोरोना सङ्क्रमणबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा स्थानीय टोल टोलमा जनचेतनासमेत फैलाउँदै हिँड्ने गरे पनि आफैँ कोरोना सङ्क्रमित भएको स्थानीयवासीको भनाइ छ।

    जनप्रतिनिधिमा नै कोरोना भाइरस सङ्क्रमण पाइएपछि भक्तपुर नगरपालिका क्षेत्र जोखिम क्षेत्रमा परेको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नगरपालिकाको समुदायस्तरमै कोरोना भाइरस जोखिम बढेकाले जतिसक्दो छिटो परीक्षण बढाउनुपर्ने आवश्यकता रहेकाले नगरपालिकासँग यसबारेमा छलफल भइरहेको छ ।

     

    लकडाउन कडाइ गर्दै घरबाट बाहिर निस्कन नदिने अवस्थामा पानी तथा खाद्यान्नल छ। यद्यपि भक्तपुरमा पहिलोपटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दुवाकोटका सशस्त्र प्रहरी जवान र मध्यपुरथिमि साथीकोमा बस्ने महिला स्वास्थ्य कर्मचारी भने आइसोलेशनमा उपचारपछि डिस्चार्ज भएका छन्।

    त्यस्तै काठमाडौँ महानगरपालिकाको फोहर सङ्कलन गर्ने सवारी चालक भक्तपुर–५ योसिंखेलका सङ्क्रमित हुन्। योसिंखेलमा ३५ घरमा गरिएको सिल खुलेको छैन। सङ्क्रमितको घरपरिवारका १२ जनाको कोरोना भाइरस परीक्षण गरिए पनि रिपोर्ट आएको छैन।

    नगरपालिकाको दुईवटा टोलमा कोरोना सङ्क्रमण पुष्टि भए पनि नगरपालिकाभित्रका नागरिक भने अझै पनि लकडाउन उल्लङ्घन गर्ने गरेको, बजारमा बिहान दैनिक भीड लाग्ने गरेको छ । यसलाई नगरपालिका र प्रहरीले रोक्न नसकेको गुनासो बढेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार