पर्सा । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । बयान सकिएपछि विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा छन् ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले रविसँग मंगलबार बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले रविलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याइने जानकारी दिए । रासस