बिहीबार , साउन २१ गते २०८३

चीनले भारतबाट आफ्ना नागरिक स्वदेश फर्काउने तयारी गरेको छ

चीनले भारतबाट आफ्ना नागरिक स्वदेश फर्काउने तयारी गरेको छ

अखबार दैनिक
मंगलबार, जेठ १३ २०७७
  • चीनले भारतबाट आफ्ना नागरिक स्वदेश फर्काउने तयारी गरेको छ

    १३, जेठ । कोभिड-१९ कोरोना भाइरसलाई मध्यनजर गर्दै चीनले भारतमा रहेका आफ्ना नागरिकलाई देश फर्काउने तयारी गरेको छ। भारतमा बढ्दो कोरोना भाईरसलाई ध्यान ज़िंदा चीनले उक्त्त निर्णय लिएको हो ।

    सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ दिल्ली स्थित चिनियाँ राजदूतावासले यस्तो घोषणा गरेको हो।

    दूतावासको वेबसाइटमा प्रकाशित एक सूचननाका अनुसार कोरोनाका कारण भारतमै अड्किएका पर्यटक र व्यावसायीलाई विशेष उडानमार्फत देश फर्काउन लागेको जनाइएको छ।

    भारतमा कति चिनियाँहरू  अध्ययन गरिरहेका, बसिरहेका वा काम गरिरहेका छन् भन्ने कुनै पनि तथ्यांक तत्काल उपलब्ध छैन।

     
     

    बेइजिङले देश फर्किन चाहने नागरिकहरूलाई मे २७ को बिहानसम्म दूतावासमा सम्पर्क गर्न भनेको छ।

    यसमा योगा अभ्यास सिक्न र बौद्ध तीर्थ यात्रामा आएका नागरिकहरूलाई समेत समावेश छन्।

    दूतावासले कहिले र कहाँबाट उनीहरूलाई विशेष उडानमार्फत देश फर्काउने छ भन्ने बारेमा कुनै जानकारी दिएको छैन।

    चीनको यो सूचना भारत र चीनको सीमाक्षेत्रमा दुबै पक्षबिच चर्किरहेको विवादका समयमा आएको छ।

     

    भारतले पनि चीनको वुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि आफ्ना ७ सय नागरिकलाई त्यहाँबाट विशेष उडानमार्फत उद्धार गरेको थियो।

    दूतावासले जारी गरेको सूचनामा देश फर्कन चाहनेले आफ्नो टिकटको आर्थिक व्यवस्थापन स्वयंले गर्नुपर्ने जनाएको छ।

    यसैगरी देश फर्किएपछि १४ दिन क्वारेन्टिनको व्यवस्थाको खर्च पनि आफैले गर्नुपर्ने उसको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार