बिहीबार , साउन २१ गते २०८३

सौगात मल्लको चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा

सौगात मल्लको चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा

अखबार दैनिक
शुक्रबार, पुस ५ २०८१
  • सौगात मल्लको चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा

    काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘बम बहादुर’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ। चलचित्रले विशेष गरी भारत, दार्जिलिङ र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपालीको ऐतिहासिक संघर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ।

    निर्देशक जोन राईका अनुसार, यो चलचित्र भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्तावेजका रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो। बिस्ट ब्रदर्स फिल्म्स प्रालिलद्वारा निर्मित ‘बम बहादुर’का निर्माता सञ्जीव सार्कीले आजका र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले चलचित्र बनाइएको बताए।

    चलचित्रमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पञ्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री र धीरज चाम्लिङलगायतको अभिनय छ।

    चलचित्रको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन्। छायांकन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्। दीपङ्कर सिंह मुखियाको संगीत र गीत रहेको यो चलचित्रको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका छन्।

    चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन्। वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्। पोस्ट प्रोडक्सन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार