मंगलबार, वैशाख २४ गते २०८२

रविलाई दीपकराजको शुभकामना : तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस्

रविलाई दीपकराजको शुभकामना : तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस्

अखबार दैनिक
शुक्रबार, पुस ५ २०८१
  • रविलाई दीपकराजको शुभकामना : तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस्

    कलाकार दीपकराज गिरीले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने चाँडै छुट्ने विश्वास गरेका छन् । लामिछानेलाई भेटेको तस्वीर सार्वजनिक गर्दै गिरीले यस्तो बताएका हुन् ।

    images

    उनले फेसबूकमा लेखेका छन्, ‘…तपाईं दोषी हो वा निर्दोषी त्यो त मैले भन्ने कुरा होइन तर, धेरै मानिसको विश्वास छ तपाईं निर्दोष हुनुहुन्छ ! यदि त्यस्तै हो भने तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस् शुभकामना !’मन्त्री हुँदा नभेटे पनि हिरासतमा रहेको बेलामा मन लागेर भेट्न गएको उनले बताए ।

    उनले लेखेका छन्:
    म थुनामा भेट्न गए उहॉलाइ …
    प्रहरीले क्यामारा ढोका मैं लियो
    त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन …
    मलाइ सत्तामा भएका मान्छे संग खासै भेटन मन लाग्दैन !!!
    त्यसैले उहॉ मन्त्री हूदॉ पनि भेटघाट भएन मेरो !
    तर थुनामा चाहि भेटन जान मन लाग्यो …
    भन्छन नि साथिलाइ सुखमा होइन दुखमा
    सम्झनु पर्छ ….उहॉ संगको भेटमा उहॉ आत्म बिश्वासी हुनु हुन्थ्यो डर त्रास वा हिनताबोध केहि थिएन !
    तपाइ दोषि हो वा निर्दोषी त्यो त मैले भन्ने कुरा होइन
    तर धेरै मानिशको बिश्वास छ तपाइ निर्दोष हुनुहुन्छ !
    यदि त्यस्तै हो भने तपाइलाइ चॉढै बाहिर भेट्न पाइयोस…..शुभकामना !!!
    चूप लाग भन्छन साथिहरू बोल्ने बानि छ के गर्ने ???

    प्रतिक्रिया दिनुहोस

    थप समाचार