बिहीबार , साउन २१ गते २०८३

चलचित्र पिताम्बर’ को नयाँ पोस्टर सार्वजानिक

चलचित्र पिताम्बर’ को नयाँ पोस्टर सार्वजानिक

अखबार दैनिक
शुक्रबार, पुस ५ २०८१
  • चलचित्र पिताम्बर’ को नयाँ पोस्टर सार्वजानिक

    काठमाडौं । कृषा चौलागाई निर्देशित चलचित्र ‘पिताम्बर’को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो।

    ‘पिताम्बर’को विभिन्न सेड्युलमा निर्देशक चौलागाईले ७० दिनमा छायांकन सकेकी थिइन्। ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी छन्।

    ‘पिताम्बर’को सार्वजनिक पोस्टर आकर्षक देखिएको छ। पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन्। रगताम्मे प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन्। 

    दयाहाङको अनुहारमा भने रिस देखिन्छ। शुक्रबार सार्वजनिक पोस्टरले यो चलचित्र एक्सनप्रधान रहेको प्रष्ट भएको छ। पोस्टरले दर्शकलाई आकर्षित गर्नसक्ने देखिएको छ। 

    चलचित्रमा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ।

    प्रदीप भारद्वाज लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको सिनेमालाई निर्देशक कृषाले लार्ज स्केल बनाएकी छन्। सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ। यसअघि कृषाले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्। यो सिनेमाले दर्शक तथा समीक्षकबाट प्रसंशा पाएको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार