बिहीबार , साउन २१ गते २०८३

‘छक्का पञ्जा ५’ निर्माण टिमले दाप्चाका स्थानीय गर्‍यो सहयोग

‘छक्का पञ्जा ५’ निर्माण टिमले दाप्चाका स्थानीय गर्‍यो सहयोग

अखबार दैनिक
सोमबार, पुस ८ २०८१
  • ‘छक्का पञ्जा ५’ निर्माण टिमले दाप्चाका स्थानीय गर्‍यो सहयोग

    काठमाडौं । ‘छक्का पञ्जा’ निर्माण टिमले काभ्रेको दाप्चाका स्थानीयलाई खानेपानी आपूर्तिका लागि पाइप खरिदका लागि आर्थिक सहयोग गरेको छ । ‘छक्का पञ्जा–५’ निर्माण टिमले आइतबार दाप्चाका स्थानीय जनप्रतिनिधिलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेपछि पाइप खरिद् भइसकेको छ ।  असोज ११ र १२ गते आएको बाढीले रोसीबाट लिफ्टिङ गरेर ल्याएको पानीको पाइप बगाएपछि खानेपानीको सुविधाबाट स्थानीय बञ्चित भएका थिए । 

    chhakka_panja1.jpg

    “पहिलो चरणमा हामीले पाँच लाखभन्दा केही बढीको पाइप खरिदका लागि सहयोग गरेका छौँ,” ‘छक्का पञ्जा–५’का कार्यकारी निर्माता समेत रहेका कलाकार निर्मल शर्माले बाह्रखरीसँग भने, “बाँकी कामका लागि कति बजेट चाहिन्छ त्यो पनि सहयोग गर्नेछौँ । अबको १०/११ दिनपछि गाउँमा खानेपानी पुग्नेछ ।” चलचित्र छायांकन गरेर फर्किएको केही हाप्तामै भारी वर्षा पछि आएको बाढीले ठूलो जनधनको क्षति भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार