आइतबार, भदौ १४ गते २०८३

चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

अखबार दैनिक
बिहीबार , पुस १८ २०८१
  • चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

    काठमाडौं। चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ। त्यसपछि ट्रेलरले मनको तीतो र अभाव देखाउँछ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ।

    रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाउँछ। अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा समेट्दै ट्रेलर अन्त्य हुन्छ।

    यो ट्रेलरले निर्दयी समाजले अभाव र दुःखमा बाँचिरहेको परिवारलाई कसरी भीरको फर्सी बनाउँछ त्यो देखाएको छ। पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन्।

    चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको दाबी छ।

    यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ। चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह-निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा ङछिरिङ शेर्पाले काम गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ