बिहीबार , साउन २१ गते २०८३

भारतबाट हुने मासुजन्य पदार्थ आयातमा चीनले लगायो प्रतिबन्ध

भारतबाट हुने मासुजन्य पदार्थ आयातमा चीनले लगायो प्रतिबन्ध

अखबार दैनिक
शुक्रबार, जेठ १६ २०७७
  • भारतबाट हुने मासुजन्य पदार्थ आयातमा चीनले लगायो प्रतिबन्ध

    १६, जेठ, एजेन्सी । चीनले अफ्रिकन स्वाइन फिभर (एएसएफ) नियन्त्रणका लागि भारतीय सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध लगाएको छ।

    चीन विश्वमा सुँगुरको सबैभन्दा ठुलो उपभोक्ता हो।

    असामका घरेलु सुँगुर र बँदेलमा एएसएफ देखिएपछि चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले प्रतिबन्ध लगाउने निर्णय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

    प्रतिबन्धले भारतीय निर्यातमा पार्ने प्रभावको विवरण भने एकिन भइसकेको छैन।

    रोयटर्सका अनुसार गत वर्ष उक्त घातक रोगले ठुलो संख्यामा चीनमा सुँगुरहरू मरेका थिए भने यसपटक सोको उत्पादनलाई पुनर्स्थापित गर्न उसले प्रतिबन्ध लगाएको ठानिएको छ।

    गत वर्ष डिसेम्बरमा एएसएफका कारण चीनको सुँगुरको मासु उत्पादनमा १६ वर्ष यताकै कम भएको थियो।

    यसैगरी चीनले डिसेम्बरबाट गरेको भन्सार कडाइले भारतबाट हुने भैंसीको मासुको आयातमा असर पारेको छ।

    चीनको यो कदमलाई भारत-चीन सीमामा पछिल्लो समय देखिएको तनावसँग जोडेर हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार