आइतबार, भदौ १४ गते २०८३

चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक

चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक

    गायक प्रकाश सपुतको डेब्यु निर्देशकीय सिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ। आगामी चैत्र २२ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

    प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्तिश्री परियार र प्रकाश सपुतकै छ। मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतमा गायक तथा निर्देशक प्रकाश सपुतले बागलुङ जिल्ला आसपासमा परिचित यानिमाया, सालैजो र घाँसदाउरा अनि मेलापातमा प्रयोग हुने टिपिकल ग्रामिण परिवेश देखाएका छन्। गीतको भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन्।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ