बिहीबार , साउन २१ गते २०८३

कर्णालीमा संक्रमितको संख्या १९८ आज थप ३२ जनामा कोरोना संक्रमित पुष्टि

कर्णालीमा संक्रमितको संख्या १९८ आज थप ३२ जनामा कोरोना संक्रमित पुष्टि

अखबार दैनिक
सोमबार, जेठ १९ २०७७
  • कर्णालीमा संक्रमितको संख्या  १९८ आज थप ३२ जनामा कोरोना संक्रमित पुष्टि

    १९ जेठ, काठमाण्डौं । कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुखल्जा जानाकारी गराएका हुन ।

    दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र  १० का १६ जना, महावु गाउँपालिका-३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

    नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार