बिहीबार , वैशाख २६ गते २०८२

प्रधानमन्त्री ओली भोलि बुटवल जाँदै

प्रधानमन्त्री ओली भोलि बुटवल जाँदै

अखबार दैनिक
बिहीबार , माघ १० २०८१
  • प्रधानमन्त्री ओली भोलि बुटवल जाँदै

    प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रवार) बुटवल जाने भएका छन्। पाल्पा र रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने ओली भोलि बुटवल जाने भएका हुन् ।

    images

    प्रधानमन्त्री ओलीले बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्नेछन्। त्यहाँबाट हेलिकप्टरमार्फत बिहान १२ः१५ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ।

    ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन समुद्घाटन गर्ने र त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित १,१२६ मिटर लामो सुरूङ मार्गको ब्रेकथ्रु कार्यक्रममा विशेष सहभागिता जनाउने छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ