शुक्रबार, वैशाख २० गते २०८२

बालबालिकालक्षित रियालिटी शो ‘नेपाल किड्स आइडल’ हुँदै

बालबालिकालक्षित रियालिटी शो ‘नेपाल किड्स आइडल’ हुँदै

अखबार दैनिक
शुक्रबार, माघ ११ २०८१
  • बालबालिकालक्षित रियालिटी शो ‘नेपाल किड्स आइडल’ हुँदै

    काठमाडौं । बालबालिकालक्षित रियालिटी शो ‘नेपाल किड्स आइडल’ हुने भएको छ । जय मिडिया मेनेजमेन्टको आयोजनामा हुने शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।

    images

    जय मिडियाका संस्थापक जयराज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायत स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने बताए ।

    फागुनबाट अडिसन सुरु हुनेछ । शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले पाँच लाख, तेस्रोले तीन लाख र चौथोले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ