बिहीबार , साउन २१ गते २०८३

“टिका थापा बी.के” को निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

“टिका थापा बी.के” को निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

अखबार दैनिक
शुक्रबार, माघ ११ २०८१
  • “टिका थापा बी.के” को निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा एक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। “टिका थापा बी.के” को निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोले दर्शकहरूको ध्यान आकर्षित गरिरहेको छ।

    गीतको कथा तथा निर्देशन बबिता श्रेष्ठ (मालेकु) ले गरेकी छिन्। भिडियोको कोरियोग्राफी प्रविण थापाले गरेका छन्। यस म्युजिक भिडियोमा रामेश विश्वकर्मा, उषा उप्रेती, सुरज चापागाईं र सुशीला निरौलाको अभिनय रहेको छ।

    सिनेमाटोग्राफीको जिम्मेवारी उत्तम हुमागाईं र उनको टोलीले सम्हालेका छन् भने भिडियो सम्पादन तथा रंग संयोजन मिन रावलले गरेका छन्। पोस्ट प्रोडक्सनको काम आराब प्रोडक्सनले गरेको हो।

    गीतमा प्रताप दास र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतका शब्द निरज जङ्ग गहतराजले लेखेका हुन् भने संगीत दिपक शर्माले सिर्जना गरेका छन्। संगीत एरेञ्जरको रूपमा पुरुषोत्तम सुवेदीले योगदान दिएका छन्। मिक्सिङ र मास्टरिङ नरेन्द्र बियोगीले गरेका हुन् भने रेकर्डिस्ट समीर कार्की रहेका छन्।

    Sara Entertainment को निर्माण तथा सार्वजनिक गरिएको यस म्युजिक भिडियो दर्शकहरूले युट्युबमा हेर्न सक्नेछन्। गीतले दर्शक तथा श्रोताहरूको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार