बिहीबार , साउन २१ गते २०८३

हिमालय रोडिजको उपाधि जोसेफ शर्मालाई

हिमालय रोडिजको उपाधि जोसेफ शर्मालाई

अखबार दैनिक
मंगलबार, माघ १५ २०८१
  • हिमालय रोडिजको उपाधि जोसेफ शर्मालाई

    हिमालय रोडिज छैटौं सिजनको उपाधि जोसेफ शर्माले जितेका छन् । सोमबार राती हिमालय टिभी एचडीमा फिनाले एपिसोड प्रसारण भएको थियो । टीम अनुपविक्रम शाहीका प्रतिस्पर्धी शर्माले उपाधि जितेका हुन् । विजेता शर्माले १० लाख नगदसहित शीर्ष प्रायोजक यामाहाबाट मोटरसाइकल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

    टीम लाउरेबाट अरविन्द चन्द ठकुरी उपविजेता बने । रनरअप बनेसँगै ठकुरीले १ लाख नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । फिनाले एपिसोडमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहित प्रायोजकका प्रतिनिधिले पुरस्कार प्रदान गरे ।

    पुरस्कार भने मंगलबार आयोजना विशेष समारोहमा प्रदान गर्ने तयारी छ । छैटौं सिजनमा १६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार